Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

    नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 606
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा पदोन्नति भएका पाँच जनालाई प्रहरी अधिकारीहरुलाई आईजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    एआईजी पदोन्नति हुनेमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली रहेका छन् ।



    समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार