Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • निर्वाचन आयोगले दियो एआईजी बढुवाका लागि अनुमति

    निर्वाचन आयोगले दियो एआईजी बढुवाका लागि अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 966
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवाका लागि निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति निर्वाचनका लागि आचारसं‌हिता लागू भएका कारण एआईजी बढुवाका लागि आयोगको स्वीकृति लिनुपरेको हो ।

    गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको थियो ।



    गत मंसिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको थियो । लामो समयदेखि रिक्त पदमा बढुवा हुन सकेको छैन ।



    एआईजी बढुवा हुन नसक्दा भावी आईजीपी डीआईजीबाटै नियुक्त गर्नुपर्ने अवस्था आउन लागेका बेला सरकारले बढुवाका लागि आयोगसँग स्वीकृति लिएको हो । एआईजी बन्ने दौडमा पहिलो नम्बरमा डीआईजी वसन्त कुँवर छन् । उनी डीआईजी हुँदा पहिलो वरीयतामा बढुवा भएका थिए ।

    कुँवरपछि दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । यस्तै, तेस्रो नम्बरमा रहेका डीआईजी अशोक सिंह अवकाशमा गइसकेका कारण दीपक थापाले सो स्थान लिएका छन् भने डीआईजी श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि पाँच एआईजी बढुवा हुँदा त्यसैभित्र पर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार