Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानले भन्यो, ‘कश्मीरमा रहेका मुस्लिमहरुका लागि आवाज उठाउँछौं’

एजेन्सी । तालिबानका प्रवक्ता सुहेल शाहीनले आफूहरुसँग जम्मू–कश्मीरका मुस्लिमहरुको पक्षमा आवाज उठाउने अधिकार रहेको बताएका छन्।

बीबीसीसँग जुममा कुरा गर्दै सुहेल शाहीनले अमेरिकासँगको दोहा सम्झौताको स्मरण गराउँदै कुनै पनि देशविरुद्ध सशस्त्र अभियान सञ्चालन गर्ने आफ्नो योजना नरहेको बताएका छन्। दोहाबाट बोल्दै शाहीनले भने, ‘एक मुसलमानको हैसियतमा हामीलाई भारतको कश्मीर वा अन्य कुनै देशमा मुसलमानहरुको लागी आवाज उठाउने अधिकार छ।’

‘हामी हाम्रो आवाज उठाउनेछौं र भन्छौं कि मुसलमानहरु तपाईका जनता हुन्, तपाईको देशका नागरिक हुन्। उनीहरु तपाईको कानुन अनुसार बराबर छन्।’ प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कार्यकालमा भारतमा मुस्लिमहविरुद्ध घृणा बढेको छ।

यद्यपि भाजपाले यी आरोपहरुलाई अस्वीकार गरेको छैन। जम्मू–कश्मीरको स्वायत्तता अन्त्य गर्ने भारतको निर्णय र यसलाई लागू गर्ने तरिकाले त्यहाँ बस्ने धेरै मानिसहरु आक्रोशित भएका छन्। कश्मीर विगत चार दशकदेखि भारत र पाकिस्तानबीच विवादको केन्द्र बनेको छ। अब पाकिस्तान समर्थित तालिबानले अफगानिस्तानमा कब्जा जमाइसकेको छ।

भारतका धेरै मानिसहरु तालिबानका केही गुटको नजर जम्मू कश्मीरमा हुन सक्ने भन्दै डराइरहेका छन्। उनीहरुलाई पाकिस्तानमा रहेका भारत विरोधी शक्तिहरुको समर्थन प्राप्त हुन सक्ने आशंका पैदा भएको छ।

पाकिस्तानी टेलिभिजनमा भएको एक बहसमा पाकिस्तानको सत्तारुढ दल पीटीआईकी प्रवक्ता नीलम इरशाद शेखले भनेकी छिन्, ‘तालिबानले उनीहरु हाम्रो साथमा रहेको बताएका छन् र कश्मीरलाई स्वतन्त्र गराउन हामीलाई सहयोग गर्ने विश्वास दिलाएका छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077