Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काबुलमा चीनले आफ्नो दूतावास जारी राख्ने, अफगानिस्तानका लागि आर्थिक सहयोगमा वृद्धि

एजेन्सी – चीनको विषयमा तालिबानका प्रवक्ताले महत्त्वपूर्ण जानकारी गराएका छन्। तालिबानी प्रवक्ताले शुक्रबार चीनले अफगानिस्तानमा आफ्नो दूतावासलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन्।

साथै चीनले युद्धबाट ग्रसित अफगानिस्तानमा मानवीय सहायतका लागि आर्थिक सहयोग पनि बढाउने भएको ती प्रवक्ताले बताए। ‘कतारको राजधानी दोहामा इस्लामिक समूहका सखस्य अब्दुल सलाम हनफीले चीनका उपविदेशमन्त्री वुु जियांघाओसँग फोनमा कुराकानी गरेका छन्,’ तालिबानी प्रवक्ता सुहेल शाहीनले ट्विटमा लेखेका छन्।

चीनका उपविदेशमन्त्रीले काबुलमा आफ्नो दूतावास जारी राखिने र तालिबानसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको शाहीनले ट्विटमा उल्लेख गरेका छन्। कोरोना महामारीलाई दृष्टिगत गर्दै चीनले गरिरहेको आर्थिक सहयोग बढाउने पनि बताइएको छ।

अफगानिस्तान कब्जा गरेको तालिबानले फण्डका लागि चीनसँग निर्भर रहेको बताइसकेको छ। चीन र तालिबान एकअर्काका लागि निकट सहयोगीकारुपमा उदाउन थालेका छन्।

तालिबानले अफगानिस्तानको जमिन चीनविरुद्ध प्रयोग गर्न नदिने, उइगर मुस्लिमजस्तो कट्टरपन्थी समूहलाई साइजमा राख्ने भरोसा दिलाइसकेको छ। चीन पनि तालिबानसँग नरमरुपमा प्रस्तुत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077