Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती एमसीसी अघि बढाउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाई देउवा सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको आरोप लगाएका छन्। रावलले ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्। ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेक छन्, ‘सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’ एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउँदै छिन्। उनी नेपाल आउने तय भएसँगै विभिन्न टिकाटिप्पणीहरु शुरु भएको छ। केही दिनअघि एमसीसीबारे विज्ञापन बजेपछि त्यसको पनि चर्को विरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077