Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पा जिल्ला ठुलो भेरी नगरपालिका-७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही र स्याङ्जा पुतलीबजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेल रहेका छन्। उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको विमानबाट स्वदेश आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्दा ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

साथै उक्त धातु लिन आएका स्याङ्जाका पौडेललाई विमानस्थलको परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077