Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महेश बस्नेतलाई देउवाको चुनौती : मलाई हराउनु पर्दैन, दुर्लभजीलाई हराएर देखाउनुस्

काठमाडौँ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुरको कटुञ्जेमा गएर कांग्रेसलाई हराएर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा पार्टीको १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो चुनौती दिएका हुन्।

गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिएका एमाले नेता बस्नेतलाई देउवाले उनकै गृहनगरमा पुगेर जवाफ फर्काएका हुन् । ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ, देउवाले भने 'दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’। कटुञ्जे एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो ।

यस्तै, कार्यक्रमलाई उद्धाटन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि बताएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ५६ जिल्लामा वडातहको अधिवेशन सुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077