Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नको लागि मार्गदर्शक सिद्धान्तमा जबज राख्नुपर्छ भन्ने बाहेक अर्को कुनै शर्त नराखेको बताएका छन्।

शुक्रबार गौतमको सचिवालयले सामाजिक संजालमार्फत् एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

गौतमको सचिवालयले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छ–‘क.माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क.वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077