Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विमानस्थलमा प्रहरीको लापरवाही, बुद्ध एयरमार्फत नेपालगन्ज आएका दुई यात्रु ४ केजी सुनसहित पक्राउ

बाँके । त्रिभुवन विमानस्थल काठमाडौँको आन्तरिक उडानबाट नेपालगञ्ज आएका दुई जना यात्रुको साथबाट प्रहरीले चार केजी सुन बरामद गरेको छ।

बाँकेका प्रहरी प्रमुख (एसपी)श्यामकृष्ण अधिकारीका अनुसार शुक्रबार काठमाडौँबाट बुद्ध एयरमार्फत नेपालगंज उडेका मोरङका बुद्धिमान खाती र झापाका अमिर लगुमा विश्वकर्माको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको हो । उनीहरु नेपालगन्ज एयरपोर्टबाट पक्राउ परेको हुन्।

उनीहरुले जुत्तामा लुकाएर ल्याएको अवस्थामा सुराकीका आधारमा सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुनमा ६ वटा बिस्कुट र एउटा तिलहरी छ । पक्राउ परेकाले आफूसँग सुन खरिदको विल रहेको भन्दै वैधानिक भएको दाबी गरिरहेको प्रहरीको भनाइ छ।

उनीहरुलाई आवश्यक थप अनुसन्धानका लागि सुनसहित राजस्व कार्यालय बुझाइएको एसपी अधिकारीले जानकारी दिए।

उता, देशकै ठूलो अनि प्रमुख विमानस्थलबाट बिना चेक जाँच यात्रुहरु आवतजावत गर्नु वा चेकजाँचमा प्रहरीको लापरवाही देखिनुले गर्दा विमास्थलको सुरक्षा व्यवस्थामाथि नै शंका उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077