Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालसँग सीमा विवाद छैन : चीन

    नेपालसँग सीमा विवाद छैन : चीन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं — छिमेकी मुलुक चीनले नेपालसँग कुनै प्रकारको सीमा विवाद नरहेको बताएको छ। हुम्लाको नाम्खा क्षेत्रमा चीनले नेपालको भूमि मिचेको भनेर विरोध भएपछि सरकारले सीमा विवादबारे छानबिन गर्न समिति बनाएको थियो।

    चीनले नेपाल सरकारको सोही निर्णयप्रति लक्षित गर्दै नेपालसँग सीमा विवाद नरहेको प्रतिक्रिया दिएको हो। नेपालस्थित चीनियाँ राजदूतवासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैंले स्पष्ट पारिसकेको जानकारी दिएको छ।



    नेपाल र चीनले १९६० को दशकमा नै छलफलबाट सीमा विवाद समाधान गरिसकेको चिनियाँ पक्षको दाबी छ। दुई देशबीचको सम्बन्धमा दरार ल्याउन पहिला पनि कसैले उचालेको र सीमा विवादबारे नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ चिनियाँ पक्षले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार