Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चक्रपथ र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा नाइट भिजन लेजर स्पिड गन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत मंगलबारदेखि ‘नाइट भिजन लेजर स्पिड गन’ सहितको जाँच सुरु गरेको छ। रातको समयमा सडक केही खाली हुनाले तीव्र गतिमा सवारी हाँक्दा सवारी दुर्घटना बढेको भन्द्र ट्राफिक प्रहरीले सवारीसाधनको गति नियन्त्रण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’ सहितको जाँच सुरु गरेको हो ।

उपत्यकामा अध्ययनअनुसार कोटेश्वर–सूर्यबिनायक सडक, रिङरोड, चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना बढी हुने गरेको उल्लेख छ।

त्यस्ता स्थानहरुमा दिनको समयमा लेजर गनको प्रयोग गरी तीव्र गति नियन्त्रणको अभियान शुरु गरिएता पनि रातको समयमा भने मंगलबारबाट शुरु भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दैनिक रुपमा दिउँसो हुने चेकिङमा तीव्र गतिमा सवारी चलाउने ३५ देखि ४० जना चालकहरुलाई लेजर गनमार्फत कारबाही हुने गरेको छ।

रातको समयमा समेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलोपटक शुरु गरेको महाशाखाले जनाएको छ । महाशाखाले त्यस्ता चालकहरुलाई कारबाहीको साथै सचेत गराउने गराउने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077