Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तस्करी गरी ल्याइएको ७५ लाख ५६ हजारको औषधी अटोबाट बरामद

काठमाडौं । इलाका प्रहरी कार्यालय लहानले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी बरामद गरेको छ। प्रहरी टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।

बिहान राति सवा २ बजे लहान नगरपालिका–१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालका अनुसार बरामद भएको औषधी तीन खालको रहेका छन् । रिकल–केटु–सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालले जानकारी दिए।

कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको प्रहरीको निष्कर्ष छ । रातको समयमा पनि प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएकाले औषधीमात्रै बरामद गरिएको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077