Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानीलाई ठूलो झट्का, बोल्नै नदिने भनिएका महिलाहरु नै उत्रिए विरुद्धमा

एजेन्सी । अफगानिस्तानको काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दी जारी गरेको तालिबानीविरुद्ध महिलाहरु सडकमा उत्रिएका छन् । तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिएपनि उनीहरुलाई ठूलो झट्का लागेको छ ।

आन्दोेलनमा उत्रिएका महिलाहरूले शुक्रबार सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन्। उनीहरूले शक्तिशाली मन्त्रिपरिषदमा महिलालाई पनि स्थान दिनुपर्ने, महिला पुरूष बराबरी लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए।

बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो । अहिले पनि तालिबानीहरु त्यहि भनिरहेकै छन् । यस्तो बेला केही महिलाहरुले भने प्रदर्शन गर्ने आँट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077