Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह

    मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् ।

    मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले मानव बेचबिखन गर्न नपाउने व्यवस्था गरेकाले यसको नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।’



    प्रधानमन्त्री देउवाले मानव बेचबिखनविरुद्धको अभियानमा साझेदारी गर्ने सबै अभियानतालाई हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सबैमा आग्रह गरे । उनले सन्देशमा मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक र आर्थिक सशक्तीकण हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी देखिएको  बताएका छन्।



    नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार