Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा खोला किनारमा आमा छोराको शव फेला, बच्चासहित हाम फालेको आशङ्का

झापा। जिल्लाको कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ ।

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेकी विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077