Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तालिबानको क्रुरता : गर्भवती रहेकी महिला प्रहरीको विभत्स हत्या !

    तालिबानको क्रुरता : गर्भवती रहेकी महिला प्रहरीको विभत्स हत्या !

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानको एक शहरमा तालिबानले एक महिला प्रहरीको हत्या गरेको छ। ती महिलाका आफन्तले बीबीसीलाई यो जानकारी दिएका हुन्।

    स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलाको नाम बानु नेगर थियो। उनलाई घोर जिल्लाको फिरोजकोह शहरमा उनकै घरपरिवारको अगाडि हत्या गरिएको हो।



    पछिल्लो दिनहरुमा अफगानिस्तानमा महिलाहरुविरुद्ध हिंसा बढिरहेको उल्लेख भइरहेका बेला यो हत्याको यो घटना बाहिर आएको हो। बीबीसीले तालिबान अधिकारीहरुलाई घटनासँग सम्बन्धित प्रश्न सोधेको छ। मृतकको परिवारले तालिबानले अनुसन्धान गर्ने बताएको छ।



    यो घटनाको आधिकारिक विवरण पाउन मुश्किल भएको छ। फिरोजकोहमा मानिसहरु तालिबानसँग यति त्रत्रित छन् कि कोइ पनि यस विषयमा मुख खोल्न तयार नै हुँदैनन्।
    परिवारका सदस्यहरूले भित्तामा रगत लतपतिएको र एक कुनामा शव लडिरहेको विभत्स तस्वीरहरु पनि पठाएको छ।

    गर्भवती थिइन् महिला प्रहरी

    एक रिपोर्टका अनुसार स्थानीय जेलमा काम गर्ने नेगर आठ महिनाकी गर्भवती थिइन्। एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ उपस्थित तालिबान लडाकुहरु अरबी भाषामा कुरा गर्दै थिए।

    अफगानिस्तान कब्जासँगै तालिबानले आफूलाई सहिष्णुको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तर हिंसा र दमनका घटनाहरुको रिपोर्टहरु अझै पनि देशका धेरै क्षेत्रहरुबाट आइरहेका छन्।

    मानव अधिकार समूहहरुले प्रतिशोधात्मक हत्या, थुनुवा र धार्मिक अल्पसंख्यकहरुको उत्पीडनका थुप्रै मुद्दा दर्ता गरेका छन्। तालिबानले आधिकारिक रूपमा पूर्व सरकारका लागि काम गर्नेहरुविरुद्ध कारबाही नगर्ने बताइसकेको छ।

    तालिबानी अधिकारीहरुले शनिबार काबुलमा दर्जनौं महिलाहरुको प्रदर्शनमा पनि बल प्रयोग गरेको थियो। महिलाहरु अघिल्लो सरकारमा दिइएको अधिकारलाई निरन्तरता दिन माग गर्दै आइरहेका छन्। प्रदर्शनकारीहरुका अनुसार पुलबाट राष्ट्रपति भवनतर्फ जाँदै गर्दा उनीहरुमाथि अश्रु ग्यास र कागज स्प्रे प्रयोग गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार