Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालिवानको टाउको दुख्न छोड्यो, पञ्जशीर पनि आफ्नो नियन्त्रणमा आएको दाबी

एजेन्सी । यसअघि टाउको दुखाईको बिषय बन्दै आइरहेको पञ्जशीर उपत्यका पनि आफ्नो नियन्त्रणमा आएको तालिबानहरुले दाबी गरेका छन्। तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजहिदले एक विज्ञप्ती जारी गर्दै अफगानीको समर्थन र इश्वरको सहयोगले पञ्जशीरमाथि जित हासिल गरेको उल्लेख गरेका छन् । [insert page='83425' display='yopanipadhnuhos.php'] पञ्जशीरमा नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको थियो । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशीर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् । [insert page='83802' display='yopanipadhnuhos.php'] यसअघि रेजिस्टेन्स फोर्सले तालिवानलाई हमला रोक्नुपर्ने शर्त राख्दै शान्ति वार्ताको प्रस्ताव गरेको थियो। तर, भारतीय सञ्चार माध्यम भास्करले जनाए अनुसार पञ्जशीर क्षेत्रमा पाकिस्तानी पाइलटले हेलिकप्टरमार्फत हमला गरेका थिए । त्यसपछि पञ्जशीरमा रहेका रेजिस्टेन्सका प्रमुख नेता मसुदताजकिस्तान भागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077