Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् सोमबार बसेको मन्त्रिपरिषद बैठकको महत्त्वपूर्ण निर्णयहरु

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ। बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले कोरोनाका कारण पहिलेको कार्यतालिका प्रभावित भएपछि संशोधित कार्यतालिका स्वीकृत गरेको हो।

त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिए।

बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि गरेको छ भने स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने निर्णय पनि भएको छ। यसबाहेक आर्थिक वर्ष २०७८–०८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077