Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पञ्जशीरका कमाण्डर मसूदको अडियो सन्देश, ‘हामी यहीँ छौं, लडाइँ जारी रहनेछ’

    पञ्जशीरका कमाण्डर मसूदको अडियो सन्देश, ‘हामी यहीँ छौं, लडाइँ जारी रहनेछ’

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी । तालिबान विरोधी गुट राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का प्रमुख नेता अहमद मसूदले सामाजिक सञ्जालमा अडियो सन्देश जारी गर्दै तालिबानविरुद्ध ‘राष्ट्रिय विद्रोह’को आह्वान गरेका छन्।

    ‘हामी पञ्जशीरमा छौं र हाम्रो विरोध जारी रहनेछ,’ उनले सोशल मिडियामा भने। मसूदले फेसबुकमा सात मिनेटको अडियो सन्देश पोस्ट गर्दै लेखेका छन्, ‘शक्ति यही नै हो– आफ्नो धर्म, आफ्नो सम्मान र आफ्नो देशका लागी लड्नु। यो भन्दा सम्मानजनक अरु केहि छैन।’



    ‘बल्खलेदेखि पञ्जशीरसम्म, मेरो परिवारले आफ्नो आवाज उठाईरहेको छ। तालिबान हाम्रो परिवारलाई मार्न निस्किसकेको छ। उनीहरु पञ्जशीरको हरेक ढोकामा जाँदैछन्,’ उनले भने।



    उनले तालिबान लडाकुहरु धार्मिक गुरुहरुको अपीललाई बेवास्ता गर्दै एनआरएफका मानिसहरुमाथि हमला गरिरहेको पनि बताएका छन्।

    मसूदले आफ्नो परिवारका केही सदस्यहरुको आइतबार हत्या भएको पनि बताए। अडियो सन्देशमा मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधता दिनुका साथै उनीहरुलाई सैन्य र राजनीतिक सहयोग प्रदान गरेको आरोप लगाएका छन्।

    रेसिस्टेन्स फोर्स अहिले पनि पञ्जशीरमै रहेको बताउँदै लडाइँ जारी राख्ने बताए। यता तालिबानले पञ्जशिर कब्जा गरेको दाबी गरेको छ।

    हमला रोकिएमा लडाइँ बन्द गर्न तयार

    यसअघि मसूदले एक सम्झौताका लागि धार्मिक नेताहरुद्वारा प्रस्तुत एक योजनाको समर्थन गरेको बताएका थिए। मसूदले तालिबानलाई द्वन्द्व अन्त्य गर्न आग्रह गरेका थिए।

    एक फेसबुक पोस्टमा मसूदले यदि तालिबानले आक्रमण रोके भने उनी लडाई रोक्न तयार रहेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार