Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तालिबानमाथि विमान आक्रमण

    तालिबानमाथि विमान आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 4.7K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेको तालिबानमाथि विमान आक्रमण भएको छ। तालिबानमाथि अज्ञात सैन्य विमानहरुले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

    स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार यी सैन्य विमान कसका हुन् भन्ने खुल्न सकेको छैन। पञ्जशीर उपत्यका कब्जा गरेको भोलीपल्टै तालिबानमाथि आक्रमण भएको हो। लिपल्ट अज्ञात सैन्य विमानहरुले पञ्जशीर उपत्यकामा तालिबानका अड्डाहरुमा बम बर्साएको हो।



    सोमबार तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा आउन बाँकी एक मात्र क्षेत्र पञ्जशीर पनि आफ्नो कब्जामा आएको दाबी गरेको थियो। अफगानिस्तानमा तालिबान विरोधी रेसिस्टेन्स फोर्सको अखडा मानिएको पञ्जशीर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको भन्दै तालिबानले खुशी मनाएको थियो।



    नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका प्रमुख अहमद मसुदले भने तालिबानले पंजशीर कब्जा गरेको दाबीलाई अस्वीकार गरेका छन्। मसूदले आफूहरुको लडाइँ जारी रहेको उल्लेख गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार