Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानद्वारा नयाँ सरकारको घोषणा, मुल्ला हसन अखुन्द नयाँ प्रधानमन्त्री

एजेन्सी । तालिबानले मंगलबार साँझ अफगानिस्तानमा सरकार गठनको घोषणा गरेको छ। तालिबानका प्रवक्ताले मुल्ला हसन अखुन्दजादाले सरकारको नेतृत्व गर्ने बताएका छन्।

मुल्ला हसनको नेतृत्वमा गठन हुने सरकारमा मुल्लाह याकूब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानले १५ अगस्टमा काबुल कब्जा गरेको थियो। विगत केही दिनदेखि तालिबानले सरकार बनाउन खोजेको थियो। बीबीसी संवाददाता सिकंदर किरमानीका अनुसार मुल्ला बरादार अखुण्ड सरकारको उपप्रमुख हुनेछन्।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठनको दाबी गरेको छ। तालिबानले सोमबार पञ्जशिर कब्जा गरेको पनि घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077