Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद फैसला तोकिएको फरार प्रतिवादी यादव पक्राउ

सप्तरी । जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय पाएर फरार रहेका प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ परेको छ ।

सप्तरीको गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का दानालाल यादवलाई लुकीछिपी बसेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको हो ।

२०६२ सालमा गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का गंगाराम कापैरलाई यादवले हत्या गरेका थिए ।

उनलाई जिल्ला अदालत सप्तरीले २०७३ बैशाख २२ गते कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जानकारी दिए ।

मंगलबार जिल्ला अदालत सप्तरीको आदेशमा प्रतिवादी यादवलाई कैद भुक्तानको लागि कारागार कार्यालय राजविराज पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077