Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

    बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । बेलारुसका विपक्षी नेतालाई ११ बर्ष कैद सजाय सुनाइएको छ। बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो। सेप्टेम्बर ६ सोमबारका दिन विपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ वर्षको कैद सजाय सुनाइएको छ।

    कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन्। गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो।



    कोलेसनिकोभा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ।



    लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ। कोलेसनिकोभाएक संगीतबाट राजनीतिमा आएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार