Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फेसबुकमा ‘दलित’ भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय

    फेसबुकमा ‘दलित’ भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 807
    SHARES

    फाइल फोटो

    बैतडी । बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ ।

    सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका(४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्ने जिल्ला अदालतले फैसला गरेको हो।



    अदालतले उनलाई दुई महिना थुना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका-५ का बलभद्र दयाललाई ‘नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयाल’ भनेर लेखेका थिए।



    दयालले बैशाख ७ गते उनीविरुद्ध उजुरी दिएका थिए। चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार