Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

    बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 600
    SHARES

    फाइल फोटो

    सप्तरी । सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई आज तीन महिना कैद सजायको फैसला भएको छ ।

    जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो ।



    बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।



    अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार तथा खार र जहानलाई जनही एक हजार रूपियाँ जरिवाना भएको छ । तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही २०० भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताए ।

    अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ । बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन् ।

    बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीनजना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो । राजी खुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको छ ।

    सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनले जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिक खार र उनकी पत्नी नुर जहान तथा बालिकाविरुद्ध उजुरी दर्ता भएको थियो ।

    पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा पाँच हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । बालिकाका बुवा आमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार