Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फरार कैदी यमराजलाई ६ बर्ष थपगरी १८ वर्ष कैद सजाय

    फरार कैदी यमराजलाई ६ बर्ष थपगरी १८ वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.2K
    SHARES

    दाङ । कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ ।

    दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।



    कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए ।



    अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार