Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लुटेराले बाटोमा लिफ्ट मागेर जंगलमा पिसाव गर्न बोलेरो रोकाए, लाखौं कुम्लाएर भागेपछि पक्राउ परे

उदयपुर । गएराती जिल्लाको कटारी नगरपालिका–८ स्थित वर्मी जंगलमा १३ लाख ७७ हजार ८९५ लुटपाट भएको छ । मंगलबार साँझ ओखलढुंगामा खाद्यान्न पुर्याएर फर्कंदै गरेका प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोका चालक लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठलाई लुट्ने ओखलढुंगा चिसम्खु गापा–३ का ५४ बर्षीय रमेशकुमार श्रेष्ठलाई हिजो साँझ नै पक्राउ गरिएको छ।

प्रहरीका अनुसार ओखलढुंगामा खाद्यान्न छाडेर कटारी फर्कन लागेका प्रकाशलाई रमेशले लिफ्ट मागेर म पनि व्यापारका लागि कटारीसम्म सँगै जान्छु भनेर प्रस्ताव गरेका थिए । त्यसपछि बोलेरोमा सँगै आएका उनीहरुले वर्मी जंगलमा पिसाव गर्न रोकेका थिए । त्यसिबेला रमेशले एक्कासि ढुंगाले घाँटीमा हिर्काएर प्रकाशलाई बेहोस बनाएर नगद लुटे।

लुटपाटमा संलग्न रमेशलाई मंगलबार साँझ नै सोही जंगलबाट प्रहरीले पक्राउ गरेको र चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077