Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुखलाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरवारमा जारी पार्टीको संसदीय दलको बैठकमा उनेता बस्नेतले भने, ‘सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ ।’ सभामुख सापकोटाले एमालेले कारवाही सिफारिस गरेपनि सूचना नटाँसेको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको छ।

संसदीय दलको बैठकमा बोल्ने अभिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका छन्। उनीहरुले चर्चामा रहेको एमसीसी के हुन्छ भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

त्यस्तै उनीहरुले सभामुखको भूमिका समेत शंकास्पद रहेको भन्दै पार्टीले स्पस्ट धारणा बनाउनुपर्ने बताएका छन् । संसदको बैठक दिउँसो ४ बजेपछि बस्दै छ। संसद बैठकमा पार्टीको रणनीति तय गर्न एमालेले त्यसअघि संसदीय दलको बैठक आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077