Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।



    केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार