Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रोनाल्डोले भने, ‘मेसी भित्र्याउँदैमा पिएसजीले च्याम्पियन्स लिग जित्दैन’

एजेन्सी – रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डो नाजारियोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)लाई च्याम्पियन्स लिग जित्न कठिन रहेको बताएका छन्। हालै मात्र बार्सिलोनाका लिजेण्ड लियोनेस मेसीलाई क्लबमा आबद्ध गरेको पिएसजीले च्याम्पियन्स लिग जित्न आशा न्यून रहेको उनले बताएका हुन्।

हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन्।

‘क्वार्टरफाइनल पछि तस्बिर स्पष्ट हुँदै जान्छ। पेरिस सेन्ट जर्मेनको सम्भावना प्रबल छ। तर, कुरा गर्नु र खेल्नुमा फरक हुन्छ,’ उनले भने, ‘मैदानमा नतिजालाई धेरै कुराले प्रभावित गर्छ। ग्यालेक्टिकोस्को टोलीमा मैले रियलका लागि पाँच सिजन खेलेँ तर च्याम्पियन्स लिग कहिले जित्न सकिनँ। तपाईंसँग उत्कृष्ट खेलाडी भए पनि जित्ने कुरा अटोमेटिक हुँदैन।’

उनले पीएसजी स्टार एम्बाप्पे र आफूबीच केही समानता रहेको पनि बताए। ‘हो, उनी र ममा धेरै कुरा मिल्छ। उनीसँग अद्भुत गुणहरू छन् र उनले त्यसलाई तीव्र गतिमा लागू गर्छन्। यति सानो उमेरमा नै उनी यति धेरै अगाडि आइसकेका छन्। मलाई एम्बाप्पे मनपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077