Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दशैं तिहार लक्षित गरी खाद्यान्नमा छुट, केमा कति ?

    दशैं तिहार लक्षित गरी खाद्यान्नमा छुट, केमा कति ?

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं – सरकारले दशैं तिहारलाई लक्षित गरी विभिन्न खाद्यान्नमा छुट दिने भएको छ। दशसरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जानकारी दिएको छ। सहुलियत पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।



    सहुलियत पसलमा सरकारले छुटसहित खाद्यवस्तुको बिक्री गर्ने छ। जसमा मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ। यस्तै, सिमी प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ।



    यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार