Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कृषिमा श्रमिक लैजान अध्ययन टोली गठन

    कृषिमा श्रमिक लैजान अध्ययन टोली गठन

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 864
    SHARES

    काठमाडौं । इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्फबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन गरी कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो ।



    श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयरगिभर बाहेक कृषि क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर दिने बताए ।



    इजरायलले हाल नेपालबाट १ हजार केयरगिभर लैजाने क्रम जारी राखिरहेका बेला कृषि क्षेत्रमा समेत थप १ हजार नेपाली लैजाने प्रतिबद्धता जनाएको छ ।

    नेपालबाट १ हजारभन्दा बढी केयरगिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागि समेत श्रमिक लैजाने भएको हो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार