Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देश छाडेर भागेका पूर्व सरकारी अधिकारीलाई फर्किन तालिबान सरकारको आग्रह

    देश छाडेर भागेका पूर्व सरकारी अधिकारीलाई फर्किन तालिबान सरकारको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी । तालिबान सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले देश छाडेर भागेका पूर्व सरकारीअधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् ।

    बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताउदै कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा समेत सुरक्षाको प्रत्याभूति गरिने बताएका छन् ।



    त्यस्तै अखुन्दले आफ्नो क्षेत्र र अन्य क्षेत्रका मुलुकसँग सकारात्मक र बलियो सम्बन्ध राख्न चाहेको उल्लेख गरेका छन् । उनले तालिबानका नेतालाई अहिले अफगान नागरिकप्रति ठूलो जिम्मेवारी र परीक्षा रहेको बताएका छन् ।



    गत तालिबानले मंगलबार तालिबानले आफ्नो अन्तरिम सरकार घोषणा गरेको थियो । यो सरकारमा रहेका ३३ पदमध्ये १४ ओटा पदमा सन् १९९६-२००१ मा शासनकालका तालिबानी अधिकारी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार