Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका आठ नयाँ प्रतिबन्ध

    अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका आठ नयाँ प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । तालिबान सरकारले अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ ।

    आइतबार तालिबान सरकारले अफगानिस्तान टेलिभिजन च्यानलमार्फत् विभिन्न निर्देशिकामा आठ ओटा नयाँ नियम जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो ।



    जसअनुसार महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । यस्तै, मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।



    मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ ।

    अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् ।अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् ।

    उनले तालिबानले ल्याएका कतिपय नियम अव्यवहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन् ।यसअघि तालिबानले महिलालाई बिद्यालय जान रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार