Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

    अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले सरकारी तथा गैरसरकारी संस्थामा महिलालाई काम गर्न पनि प्रतिबन्ध लगाएको छ ।

    सबै राष्ट्रिय तथा अन्तर्राष्टिस संस्थाहरुमा काम गर्ने महिलाहरुले उचित ड्रेस कोड पालना नगरेको भन्दै महिलाहरुलाई त्यस्ता संस्थामा काम गर्नबाट रोक लगाइएको हो ।



    अफगानिस्तानको अर्थ मन्त्रालयले महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पत्र पठाइएकोछ ।



    अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघ–संस्थासँग आग्रह गरेको छ । तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार