Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानले भन्यो, ‘महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्न सक्दैनन्’

एजेन्सी । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार गठन गर्नुअघि नै सरकारमा महिलाको सहभागिता हुनुपर्ने भन्दै प्रदर्शनहरु भएका थिए। तालिबानले सरकार गठन गरिसकेपछि पनि प्रदर्शन जारी छ।

तर स्थानीय सञ्चारमाध्यमले तालिबानका प्रवक्तालाई उद्धृत गर्दै महिलाहरुलाई मन्त्री नबनाइने दाबी गरेको छ। मिडिया रिपोर्टहरुमा तालिबानले महिलाहरुको काम बच्चा जन्माउने मात्र भएको जानकारी दिएको दाबी गरिएको हो।

स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले तालिबानका प्रवक्तालाई उद्धृत गर्दै ट्विटरमा ‘एक महिला पनि मन्त्री हुने छैनन्। यहाँ महिलाहरु गलामा लगाएको सामान सम्हाल्न सक्दैनन्। महिलाहरु मन्त्रिपरिषदमा हुन जरुरी छैन। उनीहरुले बच्चा जन्माउनुपर्छ। महिला प्रदर्शनकारीहरु अफगानिस्तानका पुरै महिलाको प्रतिनिधित्व गर्दैनन्।’

तालिबानको शासन शुरुभएसँगै महिलाहरुले आफ्नो हकअधिकारका लागि प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही दिनहरुमा काबुलसँगै देशका अन्य शहरहरुमा तालिबान सरकारविरुद्ध विरोधका कार्यक्रमहरु भइरहेका छन्। यस प्रदर्शनको अगुवा महिलाहरुले नै गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077