Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा समाजवादीमा जान पाउँ भन्ने दुई एमाले सांसदको मुद्धा न्यायाधीश भट्टराईको इजलासमा

    नेकपा समाजवादीमा जान पाउँ भन्ने दुई एमाले सांसदको मुद्धा न्यायाधीश भट्टराईको इजलासमा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ। यसअघि हिजो (बिहीबार) पहिलो पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

    शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।



    बुधबार एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्चमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरी दिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।



    रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार