Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एकीकृत समाजवादीले तोक्यो झलनाथ खनाल र गरिमा शाहलाई चुनावी कमाण्डर

    एकीकृत समाजवादीले तोक्यो झलनाथ खनाल र गरिमा शाहलाई चुनावी कमाण्डर

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ।

    प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकेको हो।



    चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको एकीकृत समाजवादीले जनाएको छ ।



    पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार