Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ।

    प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो ।



    बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।



    बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता जम्कट्टेल मुख्यमन्त्री छन्। बागमतीमा एकीकृत समाजवादीका ७ जना सांसद छन्।

    नेपाली कांग्रेस संसदीय दल बैठकले पनि मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वास मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिने आइतबार निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार