Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

विष्णु पौडेलले ल्याएको बजेटमा जनार्दन शर्माले गरे करिब १५ अर्ब कटौती

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब कटौती गरेका छन् ।
तत्कालिन अर्थमन्त्री पौडेलले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।

प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् । यसअघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077