Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी चटारो : उपाध्यक्ष फातिमा सुमारसँग कुन नेताले के भने ?

    एमसीसी चटारो : उपाध्यक्ष फातिमा सुमारसँग कुन नेताले के भने ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं – एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली बिहीबार काठमाडौं आइपुगेको थियो। काठमाडौं ओर्लिएको केही समयपछि नै उनले नेपाली नेताहरुको भेटघाट शुरु गरिन्।

    फातिमाको टोलीले पहिलो भेट नेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी थिइन्। ओली नेतृत्वको तत्कालिन सरकार एमसीसी पास गराउन सकरात्मक थियो। तर हालको शेरबहादुर नेतृत्वको सरकार पनि सकरात्मक देखिएपछि प्रतिपक्षमा रहेको नेकपा एमालेले माहोल नबिगारोस् भन्ने उद्देश्यका साथ उनले ओलीलाई भेटेकी हुन्।



    भेटमा ओलीले एमसीसी पास गराउने जिम्मा आफ्नो नभएको भन्दै पन्छिने प्रयास गरे। एमसीसीबारे देशको माहोल बुझेका उनले पास गराउन आफूले भूमिका खेल्ने आश्वासन पनि दिएनन्। उल्टै सरकारको धारणा आएपछि पार्टीले धारणा बनाउने बताए। यसबाट एमसीसी टोलीलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो।



    त्यसपछि टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्यो। सरकारमा राम्रो प्रभाव राख्ने हैसियत बनाएका नेपालले पनि एमसीसीमा ठोस धारणा के हो भनेर बताएनन्। उनले उल्टै अमेरिकी अधिकारीहरुबाट नै भिन्नभिन्न टिप्पणी भएको भन्दै अन्यौलता दर्शाए। नेपालले देश र जनताको हितविपरीत कुनै सम्झौता नहुने भन्दै सत्ता साझेदार दलहरुसँग छलफल गर्ने बताए। नेपालको अभिव्यक्तिले एमसीसी टोली झस्मियो।

    त्यसपछि टोलीले जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई उपेन्द्र यादवसँग भेट गरेको थियो। सरकारमा सहभागी दलका दुई शीर्ष नेताले पनि पास गराउने आश्वसन पनि दिएनन्। उनीहरुले सत्ता साझेदार दलसँग परामर्श गर्नुपर्ने जानकारी गराए।

    शुक्रबार बिहानै एमसीसीको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो। प्रचण्ड एमसीसी पास गराउने वा नगराउने भन्नेमा सबैभन्दा बढी निर्णायक नेता मानिन्छन्। यो कुरा एमसीसी टोलीलाई राम्रोसँग थाहा थियो।

    प्रचण्डबाट केही आश्वासनको अपेक्षा गरेको टोली निराश भयो। प्रचण्डले जनता नै विरोधमा उत्रिएको र आफ्नै पार्टीमा पनि दुई धार देखिएको बताए। उनले थप छलफल गर्ने आश्वासन दिए र पास गर्ने वा गराउने आश्वासन भने दिएनन्। प्रचण्डको कुराबाट एमसीसी टोलीमा नैराश्यता बढ्यो।

    त्यसपछि फातिमाले उर्जामन्त्री पम्फा भुसाललाई भेटिन्। प्रचण्डले दिन नसकेकको आश्वासन भुसालले कसरी दिन सक्थिन् र! उनले आपसी सहयोग जारी राखिने, सम्बन्ध बलियो बनाउने भन्दै एमसीसीका बारेमा छलफल जारी रहेको बताइन्।

    अन्ततः एमसीसीको टोलीले कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। प्रधानमन्त्री मात्र त्यस्ता नेता हुन् जो अहिले एमसीसी पास गराउने डटेरै लागिरहेका छन्।

    उनको आशय एमसीसी टोलीले बुझिसकेको छ। एमसीसीका विषय र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएपनि प्रधानमन्त्री एमसीसी पास गराउने ढृदता व्यक्त गर्न सकेनन्। कारण सत्ता गठबन्धनका दलहरु नै अलमल परिरहेका छन्। यस्तोमा देउवा एक्लैले त्यो आँट गरेनन्। प्रचण्डको साथ मात्र पाएको भए उनी एमसीसी पास गराउँछु भन्ने हिम्मत गर्न सक्थे।

    तर माओवादी केन्द्रले संशोधन आवश्यक रहेको बताउँदै आएको छ। यथास्थितिमा एमसीसी पास नहुने अडान प्रचण्डले राखेका छन्। उता एमसीसीले सम्झौताका बूँदाहरु संशोधन नहुने क्लियर गरिसकेको छ। यससँगै फातिमासहितको टोली एमसीसी पास हुनेमा सशंकित भइसकेको छ। टोलीले एमसीसी पास हुने सम्भावना ज्यादै न्यून रहेको अनुमान गरेको अनुमान लगाउन कठिन छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार