Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेयमारले भावुक हुँदै भने, ‘मैले सबै प्रकारका अपमान सहिरहेको छु’

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार जुनियर पछिल्लो दिनहरुमा फिट नभएको भन्दै ट्रोलको शिकार बनिरहेका छन्। एक खेलको क्रममा लिएको तस्वीरमा उनी मोटो देखिएका थिए। त्यसपछि नेयमार शारिरीकरुपमा फिट नभएको भन्दै आलोचना भएको थियो।

नेयमारले त्यसको जवाफ पनि फर्काएका थिए। उनले आफूले लगाएको जर्सीका कारण फिट नदेखिएको र अर्को पटक सानो जर्सी लगाउने भनेका थिए।

विश्वकप छनोटअन्तर्गत पेरुविरुद्धको खेलपछि नेयमारले आफूलाई सम्मान नगरिएको गुनासो गरेका छन्। उनले मिडियाले नै आफूलाई सम्मान नगरेको आरोप लगाए।

‘मलाई थाहा छैन मैले मानिसहरुबाट अझ धेरै सम्मान गर्न के गर्नुपर्छ। यो सामान्य भएको छ र यो धेरै समयदेखि चलिरहेको छ,’ नेयमारले भने।

‘यी पत्रकाहरु, कमेन्टेटरहरु र अरुहरु हुन्। त्यही भएर मलाई कहिलेकाँही अन्तरवार्ता दिन पनि मन लाग्दैन,’ उजले थपे। ‘मलाई लाग्छ मैले बोल्ने समय आएको छ। किनभने म सबै प्रकारका अपमानहरु सहिरहेको छु,’ नेयमारले गुनासो गरे।

नेयमार यस प्रतिक्रियाको जवाफमा ब्राजिलियन कमेन्टेटर गल्भाओ बुइनो भन्छन्, ‘किन ? तिमी सधैं किन अपमान भयो भन्छौं ?तिमीलाई आलोचना गरिन्छ अनि प्रशंसा पनि गरिन्छ। म नेयमारमा रिसाहा प्रवृत्ति देख्छु।’

उनी थप्छन्, ‘शान्त होउ नेयमार। शान्त होउ। यही नै नेयमारमा कमी छ। शान्त होउ। मेसीले यस्ता गरेको तिमीले देखेका छैनौं। नेयमारमा अहिले पनि आत्मनियन्त्रणको कमी छ। किनभने उनकै जति आलोचना मेसीले पनि बेहोरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077