Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जिल्ला उपसभापतिको सिफारिसमा ४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने पक्राउ

    जिल्ला उपसभापतिको सिफारिसमा ४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको बद्नाम गराउने उदेश्यले सामाजिक सञ्जालमा स्टाटस लेख्ने कांग्रेसकै कार्यकर्ता पक्राउ परेका छन् ।

    लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता नरेन्द्र गुरुङ पक्राउ परेका हुन् ।



    प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरुको नामसहित सार्वजनिक गरेका थिए । प्रहरीले उनलाई शनिबार जुम्रीबाट पक्राउ गरेको हो ।



    कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले आफूलाई बद्नाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले सामाजिक सञ्जालमा विरोध भएको भन्दै प्रहरीमा उजुरी गरेपछि गुरुङ पक्राउ परेका हुन् ।

    जिल्ला उपसभापति लम्सालले विज्ञप्ति नै जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको पनि बताएका छन् ।

    क्षेत्रीय सभापतिसमेत रोज राणाले पनि गुरुङले लम्साललाई बदनाम गराउन गलत प्रचार गरेको आरोप लगाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार