Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • घुस रकमसहित दुई जनप्रतिनिधि पक्राउ

    घुस रकमसहित दुई जनप्रतिनिधि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 930
    SHARES

    फाइल फोटो

    सर्लाही । जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् ।

    तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको छ ।



    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घुस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।



    उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार