Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तालिवानीहरुले भाईको हत्या गरे, पूर्वउपराष्ट्रपति दाई सालेह बेपत्ता

    तालिवानीहरुले भाईको हत्या गरे, पूर्वउपराष्ट्रपति दाई सालेह बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सूचना दिएको हो ।

    सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, ‘तालिबानले हिजो उनको हत्या गरेका छन् । उनीहरुले हामीलाई अन्तिम संस्कार गर्न पनि दिएका छैन्न । उनीहरुले शव त्यसै सडोस् भनेका छन् । ’



    तालिबान सूचना सेवाको उर्दू भाषाको एकाउन्टमा पंजशीर उपत्यकामा भएको संर्घषका बीच मारिएको बताइएको छ । कुनै समय पश्चिमा देशहरूको समर्थन प्राप्त गरेका उपराष्ट्रपति सालेहको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । तालिबानले भने पंजशीर उपत्यका पूर्ण रूपमा कब्जामा लिएपछि सालेह भागेको दाबी गर्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार