Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् ।

फरार हुनेमा चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार रहेका छन्। लागूऔषध मुद्दामा पक्राउ परेका सोनार आइतबार बिहान फरार भएका हुन्।

प्रहरीका अनुसार गत भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनार लागूऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुलसहित पक्राउ परेका थिए।

लागूऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरीका अनुसार, प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने र फरार सुनारको खोजी कार्य जारी रहेको प्रहरीको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077