Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमाको असन्तुष्टि : आर्थिक सहयोग राजनीतिकरण भयो

    जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमाको असन्तुष्टि : आर्थिक सहयोग राजनीतिकरण भयो

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताका विषयमा नेपालको ठोस निर्णय लिन नेपाल आएकी उपाध्यक्ष फातिमा सुमार रित्तो हात स्वदेश फर्किएकी छिन्। चार दिने नेपाल भ्रमण सकेर स्वदेश जाँदाँजाँदा फातिमाले आर्थिक सहयोगलाई राजनीतिकरण गरिएको भन्दै असन्तुष्ति व्यक्त गरिन्।

    उनले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने भन्दै एमसीसी पास गर्न ढिलो भइसकेको धारणा व्यक्त गरेकी छिन्। ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ,’ पत्रकार सम्मेलनमा फातिमाले भनिन्, ‘आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो।’



    ‘सम्झौता सन् २०१७ मा नै भएकाले त्यसको दुई वर्षभित्र अनुमोदन भइसक्नुपर्ने थियो तर हामी अहिले नै ढिलो भइसकेका छौं’ उनले भनिन्, ‘मैले नेताहरुलाई प्रश्न गरेँ, के हामी अझै ढिलो गर्नसक्ने अवस्थामा छौं ? हामीले कुनै समयसीमा तोकेर दबाब दिएका छैनौं तर अनुमोदनको विषय कति जरुरी भइसकेको छ भन्ने बताएका छौं।’



    ४ दिने भ्रमणमा क्रममा एमसीसी टोलीले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नागरिक समाजका प्रतिनिधि र निजी क्षेत्रसँग छलफल गरेको थियो। छलफलमा टोलीले एमसीसी नेपालको हितमा भएको भन्दै यसलाई पास गर्न जोड दिएका थियो।

    फातिमाले एमसीसी नेपालकै आग्रहमा भित्रिएको बताउँदै यसलाई कार्यान्वयन गर्न ढिलो भएको बताएकी छिन्। एमसीसी सम्झौताका लागि कुनै निश्चित समय नतोकिएको भए पनि ढिलाईबाट परिस्थिति बदलिने संकेत उनले गरेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार