Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भित्रभित्रै उत्तर कोरियाको यस्तो ‘प्लान’, लामो दूरीमा प्रहार गर्ने ‘क्रुज मिसाइल’को सफल परीक्षण

एजेन्सी – उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। उक्त मिसाइल नयाँ प्रकारको भएको त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनएले बताएको छ।

केसीएनएका अनुसार उक्त मिसाइल ‘रणनीतिक हिसाबले महत्त्वपूर्ण र १५ किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्ने’ किसिमको रहेको छ। शनिबार र आइतबार गरी दुई पटक उक्त मिसाइलको परीक्षण गरिएको हो।

उक्त परीक्षण उत्तर कोरियाको द एकेडमी अफ डिफेन्स साइन्सले गरेको हो। परीक्षण कार्यक्रममा उत्तर कोरियाली वर्कर्स पार्टीको केन्द्रीय कमिटीका सचिव पार्क जोङ चोनलगायतका पदाधिकारी सहभागी थिए।

उत्तर कोरियाले आफ्नो ब्यालिस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ। अमेरिका, जापान र दक्षिण कोरियाबीच टोकियोमा महत्त्वपूर्ण वार्ता हुन लागेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गर्नुलाई चासोका साथ हेरिएको छ। तीन देशबीच लामो समयदेखि उत्तर कोरियासँगको सम्बन्धका बारेमा वार्ता हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077