Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबानले अफगानिस्तानमा कब्जा जमाएको भारतले पहिलोपल्ट स्वीकार्यो

एजेन्सी। भारतले पहिलो पटक तालिबानलाई आधिकारिक रूपमा 'राज्य अभिनेता' (सरकारसँग सम्बद्ध संगठन) को रूपमा मान्यता दिएको छ।

इन्डियन एक्सप्रेस अखबारको रिपोर्ट अनुसार आइतबार अष्ट्रेलियासंग जारी संयुक्त बयानमा भारतले तालिबानको  अफगानिस्तानमा सत्ता कब्जा रहेको स्वीकार गरेको छ।

यो कथनलाई भारतको अफगानिस्तान नीतिको दिशामा एक कदमको रुपमा लिइन्छ।

तर, अहिलेसम्म भारतले तालिवानको प्रशासनलाई अफगानिस्तान सरकारको रुपमा मान्यता दिएको छैन ।
इन्डियन एक्सप्रेस अखबारका अनुसार यो कथन गत हप्ता तालिबान मन्त्रिपरिषद्को घोषणापछि तयार पारिएको हो।

शनिबार, विदेश मन्त्री एस जयशंकरले अष्ट्रेलियासंगको वार्तामा तालिबान लाई 'काबुल का निजाम' को रूप मा उल्लेख गरे।

बैठकमा  अष्ट्रेलिया र भारतका रक्षा र परराष्ट्रमन्त्रीहरुको उपस्थिति रहेको थियो। -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077