Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी मिलेमतोमा अस्पतालबाट फरार भएका अभियुक्त २४ घण्टामै पक्राउ

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा पक्राउ परेका  चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका थिए ।

उनलाई वीरगञ्जस्थित   शंकराचार्य गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनार लागूऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुलसहित पक्राउ परेका थिए। यद्यपि पक्राउ परेका सोनारलाई प्रहरीले सार्वजनिक गरेको थिएन।

लागूऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएका थिए

प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले लापरवाही गर्ने हवल्दारलाई कारवाही नगरेको भन्दै आलोचना खेपेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077